Nepal Life

जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप गर्ने निर्णय गरिएको छ : ऊर्जामन्त्री खड्का

NMB Bank
  • BFIS News
  • 2025 Jul 15 13:39
जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप गर्ने निर्णय गरिएको छ : ऊर्जामन्त्री खड्का
United Ajod

काठमाडौं।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपककुमार खड्काले विद्युत् व्यवसायिक उत्पादन मिति (RCOD) भित्र आयोजना सम्पन्न गर्न नसकेका जलविद्युत् परियोजनाहरूको म्याद थप गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

Shikhar
Nepal Life
NIMB

मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

उनले भने, “कोभिड महामारीलगायतका काबुबाहिरका कारणले धेरै जलविद्युत् आयोजनाहरू समयमा सम्पन्न हुन सकेनन्। यस्तो अवस्थालाई ध्यानमा राख्दै RCOD म्याद थप गर्ने निर्णय गरिएको हो।”

उनका अनुसार RCOD समयसीमा नपुग्दा अनेक प्रशासनिक र कानुनी झन्झटहरू हुने भएकाले आयोजना सम्पन्नमा थप अवरोध उत्पन्न भइरहेको थियो। अब भने उक्त निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश जाने मन्त्री खड्काको विश्वास छ।

मन्त्री खड्काले उर्जा क्षेत्रमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको समेत बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया