Nepal Life

शेखर कोइरालाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट, एमाले पुनःप्रवेशमा समर्थनको आश्वासन

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 12:31
शेखर कोइरालाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट, एमाले पुनःप्रवेशमा समर्थनको आश्वासन
United Ajod

काठमाडौं, साउन २।  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शुक्रबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको निवासमा भेटवार्ता गरेका छन्।

Shikhar
Nepal Life
NIMB

झण्डै एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ। भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) राजनीतिमा पुनः सक्रिय हुने तयारीको सन्दर्भ उठाउँदै कोइरालासँग सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्।

कोइरालाले भण्डारीको राजनीतिक पुनःप्रवेशको पहलमा आफूबाट आवश्यक समर्थन रहने विश्वास दिलाएको स्रोतको भनाइ छ। साथै, कोइरालाले भण्डारीलाई सुशासनको पक्षमा उभिन र भ्रष्टाचारविरुद्ध आवाज उठाउन पनि आग्रह गरेका थिए।

यसअघि, कोइरालाले बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि निवासमै भेट गरेका थिए। राजनीतिक वृत्तमा कोइरालाको पछिल्ला भेटघाटहरूलाई भावी राजनीतिक समीकरणको तयारीका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया