सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासनलाई सेबोनको स्वीकृति
- BFIS News
- 2025 Jul 20 13:09
काठमाडौं, साउन ४। सिटी होटल लिमिटेड (CITY) ले प्रस्ताव गरेको ८०% हकप्रद शेयर निष्कासन योजनालाई नेपाल धितोपत्र बोर्ड (SEBON) ले स्वीकृति प्रदान गरेको छ।
कम्पनीले १ बराबर ०.८० को अनुपातमा हालका शेयरधनीहरूलाई १ करोड ३१ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य करिब १ अर्ब ६७ करोड रुपैयाँ बराबरको हुनेछ।
हाल सिटी होटलको चुक्तापुँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर समायोजनपछि कम्पनीको चुक्तापुँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।
यस हकप्रद शेयर निष्कासनको इस्यु व्यवस्थापकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
धितोपत्र बजारमा यस समाचार तयार पार्दासम्म CITY को शेयर मूल्य ९०७.७० रुपैयाँ मा बन्द भएको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



.jpg)


प्रतिक्रिया