Nepal Life

ग्लोबल आइएमई समुन्नत योजना–II को शेयर साउन २ गते आवेदकहरूलाई बाँडफाँट

NMB Bank
  • BFIS News
  • 2025 Jul 21 10:24
ग्लोबल आइएमई समुन्नत योजना–II को शेयर साउन २ गते आवेदकहरूलाई बाँडफाँट
United Ajod

काठमाडौं, साउन ५ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित बन्दमुखी योजना "ग्लोबल आइएमई समुन्नत योजना–II" को सार्वजनिक निष्कासनमा आवेदन दिने आवेदकहरूलाई साउन २ गते शेयर बाँडफाँट गरिएको छ।

Shikhar
Nepal Life
NIMB

यो योजना असार २२ गते निष्कासनका लागि खुलेको थियो र असार २५ गते बैंकिङ समयको अन्त्यसम्म बन्द भएको थियो।

बन्दमुखी कोषको रूपमा संचालन हुने यस योजनाको कुल १२ करोड इकाईमध्ये,

  • १.५ प्रतिशत अर्थात् १८ लाख इकाई (रु. १ करोड ८० लाख बराबर) योजना व्यवस्थापक ग्लोबल आइएमई बैंक लिमिटेडलाई,

  • १३.५ प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई (रु. १६ करोड २० लाख बराबर) कोष प्रवर्द्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बाँडफाँट गरिएको छ।

  • बाँकी १० करोड २० लाख इकाई (रु. १ अर्ब २ करोड बराबर) सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि निष्कासन गरिएको थियो।

यस योजनाको निष्कासन व्यवस्थापकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड कार्यरत थियो। आवेदन प्रक्रिया सकिएपछि योग्य आवेदकहरूलाई इकाई बाँडफाँट गरिएको हो।

शेयर बाँडफाँटसम्बन्धी विवरणहरू ग्लोबल आइएमई क्यापिटलको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइटमा हेर्न सकिने छ।

ग्लोबल आइएमई समुन्नत योजना–II अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुन सक्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया