Nepal Life

भीम रावलको केपी ओलीप्रति व्यंग्यात्मक कटाक्ष : “बाल्यकाल र सुतेको समय पनि घटाउने कि?”

NMB Bank
  • BFIS News
  • 2025 Jul 21 11:56
भीम रावलको केपी ओलीप्रति व्यंग्यात्मक कटाक्ष : “बाल्यकाल र सुतेको समय पनि घटाउने कि?”
United Ajod

काठमाडौं, साउन ५।  नेकपा (एमाले)का वरिष्ठ नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति सत्ता मोहको विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।

Shikhar
Nepal Life
NIMB

रावलले ओलीको ‘झ्यालखानामा बिताएको समय उमेरमा नगन्नुपर्ने’ प्रस्तावलाई उद्धृत गर्दै कटाक्ष गर्दै भनेका छन्, “त्यो त ठीकै हो, अब त बाल्यकाल, बिरामी भएर काम नगरेको समय, र सुतिरहेको समय पनि उमेरबाट घटाउने कि?”

सामाजिक सञ्जालमार्फत् रावलले ओलीको अभिव्यक्तिलाई लिएर प्रतिक्रिया दिँदै लेखेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भएर काम नगरेको अवधिसमेत घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि?”

साथै, रावलले आज बस्ने एमालेको केन्द्रीय कमिटी बैठकप्रति पनि व्यंग्य गर्दै यस्तो प्रस्तावमा अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि भनेर प्रश्न उठाएका छन्।

ओलीले हालै पार्टीको आन्तरिक छलफलमा ७० वर्षे उमेर हदको प्रावधान हटाउने सन्दर्भमा जेल जीवनलाई उमेर गणनाबाट बाहिर राख्ने विचार व्यक्त गरेका थिए। त्यसलाई लिएर एमालेभित्रै नेताहरूबाट आलोचना र व्यंग्य आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया