Nepal Life

सुन प्रतितोला १,१०० रुपैयाँले घट्दै १,९५,२०० रुपैयाँमा कारोबार, चाँदी पनि ५० रुपैयाँले सस्तो

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 11:43
सुन प्रतितोला १,१०० रुपैयाँले घट्दै १,९५,२०० रुपैयाँमा कारोबार, चाँदी पनि ५० रुपैयाँले सस्तो
United Ajod

काठमाडौं, साउन ११।  नेपाली बजारमा सुनको मूल्यमा पुनः गिरावट आएको छ। फाइन सुन (छापावाला सुन) को मूल्य आज प्रति तोला १,१०० रुपैयाँले घट्दै १,९५,२०० रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फाइन सुनको मूल्य अघिल्लो दर रु. १,९६,३०० बाट घटेर हाल रु. १,९५,२०० कायम भएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १,१०० रुपैयाँले घट्दै रु. १,९४,५०० मा झरेको छ। अघिल्लो दिन यसको मूल्य रु. १,९५,६०० रहेको थियो।

यो गिरावट २०८२ वैशाख ९ गते (२२ अप्रिल २०२५) मा फाइन सुनले रु. १,९७,९०० को ऐतिहासिक उच्च विन्दु छोएको केही समयपछि आएको हो।

चाँदीको मूल्यमा पनि गिरावट

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रति तोला ५० रुपैयाँले घट्दै अहिले रु. २,२९० मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको दर रु. २,३४० थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव र डलरको मूल्य परिवर्तनले नेपाली सुनचाँदी बजारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया