Nepal Life

५० करोडको 'माछापुच्छ्रे SIP योजना' सेबोनको पाइपलाइनमा

NMB Bank
  • BFIS News
  • 2025 Jul 28 12:31
५० करोडको 'माछापुच्छ्रे SIP योजना' सेबोनको पाइपलाइनमा
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित "माछापुच्छ्रे SIP योजना" लाई पाइपलाइनमा समावेश गरेको छ।

Shikhar
Nepal Life
NIMB

सेबोनले हालै सार्वजनिक गरेको म्युचुअल फन्ड योजनाहरूको पाइपलाइन सूचीमा उक्त योजना 'प्रारम्भिक समीक्षा' अन्तर्गत रहेको उल्लेख छ।

माछापुच्छ्रे SIP योजना एक खुला प्रकारको म्युचुअल फन्ड हो, जसको कुल आकार रु. ५० करोड रहनेछ। योजना अन्तर्गत ५ करोड इकाई रहनेछन्, प्रत्येक इकाईको अंकित मूल्य रु. १० तोकिएको छ। योजना स्वीकृतिका लागि आषाढ ३०, २०८२ मा सेबोनमा आवेदन दर्ता गरिएको हो।

यस योजनाको फन्ड व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ भने फन्ड प्रवर्द्धक माछापुच्छ्रे बैंक लिमिटेड रहेको छ।

सेबोनबाट स्वीकृति प्राप्त भएपछि योजना बजारमा ल्याइनेछ र सर्वसाधारण लगानीकर्ताले नियमित आवधिक बचतका आधारमा यसमा लगानी गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया