Nepal Life

सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इक्विटी फन्ड–२’ ल्याउदै

NMB Bank
  • BFIS News
  • 2025 Jul 28 12:37
सिद्धार्थ क्यापिटलले ‘सिद्धार्थ इक्विटी फन्ड–२’ ल्याउदै
United Ajod

काठमाडौं। सिद्धार्थ क्यापिटलले नयाँ म्युचुअल फन्ड ‘सिद्धार्थ इक्विटी फन्ड–२’ को सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

Shikhar
Nepal Life
NIMB

सेबोनले सार्वजनिक गरेको पछिल्लो म्युचुअल फन्ड योजनाको सूचीमा यो योजना प्रारम्भिक समीक्षा अन्तर्गत राखिएको हो। सिद्धार्थ इक्विटी फन्ड–२ योजना अन्तर्गत रु. १ अर्ब बराबरको कोष रहनेछ, जुन १० करोड इकाइमा विभाजित हुनेछ। प्रत्येक इकाइको अंकित मूल्य रु. १० तोकिएको छ। यस योजनाको प्रस्ताव आषाढ २३ गते, २०८२ मा सेबोनमा पेश गरिएको हो।

उक्त म्युचुअल फन्ड योजनाको फन्ड व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने फन्ड प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि योजना सार्वजनिक निष्कासनमार्फत लगानीकर्ताहरूका लागि उपलब्ध हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया