Nepal Life

तेस्रो दिन पनि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

NMB Bank
  • BFIS News
  • 2025 Aug 05 12:15
तेस्रो दिन पनि बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो
United Ajod

काठमाडौं, साउन २०।  नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि भई २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

लगातार बढिरहेको सुनचाँदीको मूल्यले बजारमा तरलता र लगानीकर्ताको ध्यानलाई असर पारेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया