लक्ष्मी उन्नति कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस इक्विटी फण्डद्वारा लाभांश घोषणा
- BFIS News
- 2025 Aug 06 10:58
काठमाडौं, साउन २०। लक्ष्मी क्यापिटल लिमिटेडको प्रवन्धनमा सञ्चालित तीन म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेका छन्।
लक्ष्मी उन्नति कोष (LUK) का इकाईधनीहरूलाई २०% नगद लाभांश वितरण गरिनेछ भने, सनराइज फस्ट म्युचुअल फण्ड (SFMF) ले १४% नगद लाभांश र सनराइज फोकस इक्विटी फण्ड (SFEF) ले १३.५०% नगद लाभांश दिने निर्णय गरेको हो।
लक्ष्मी क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश सम्बन्धित फण्डहरूको इकाईधनीलाई वितरण गरिनेछ।
असार महिनाको अन्त्यसम्मको नेट एसेट भ्यालु (NAV) अनुसार, लक्ष्मी उन्नति कोषको NAV रु. १२.४६ रहेको छ भने प्रतिइकाई मूल्य रु. ११.२० मा बन्द भएको थियो। त्यस्तै, SFMF को NAV रु. ११.९१ र बन्द मूल्य रु. ११.११ रहेको छ। SFEF को NAV रु. १२.१३ रहेको छ भने प्रतिइकाई मूल्य रु. १०.७० मा बन्द भएको छ।
यी लाभांश प्रस्ताव नियामक निकायको स्वीकृति पश्चात वितरण प्रक्रिया अगाडि बढाइनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)
.jpeg)





प्रतिक्रिया