Nepal Life

मुक्तिनाथ म्युचुअल फण्ड १ ले ३.८०% नगद लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:09
मुक्तिनाथ म्युचुअल फण्ड १ ले ३.८०% नगद लाभांश घोषणा
United Ajod

काठमाडौं।  मुक्तिनाथ क्यापिटल लिमिटेडले सञ्चालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ (MNMF1) ले आर्थिक वर्ष २०८१/८२ का लागि ३.८०% नगद लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

साउन २० गते बसेको मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। लाभांश MNMF1 का इकाईधनीहरूलाई वितरण गरिनेछ।

मुक्तिनाथ म्युचुअल फण्ड १ बन्दमुखी योजना हो, जसको अवधि ७ वर्षको लागि निर्धारण गरिएको छ। यस फण्डको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक लिमिटेड हो भने व्यवस्थापन मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको हो।

असार महिनाको अन्त्यसम्ममा फण्डको नेट एसेट भ्यालु (NAV) रु. १०.५८ रहेको छ भने प्रतिइकाई मूल्य रु. ९.३८ मा बन्द भएको छ।

घोषणा गरिएको लाभांश नियामक निकायको स्वीकृति पश्चात वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया