Nepal Life

३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानीविरुद्ध ‘लुक आउट नोटिस’ जारी

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 15:12
३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानीविरुद्ध ‘लुक आउट नोटिस’ जारी
United Ajod

काठमाडौं।  भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानीविरुद्ध लुक आउट नोटिस जारी गरेको छ। मुद्रा अपचलन (मनी लन्डरिङ) प्रकरणमा मंगलबार १० घण्टासम्मको बयानपछि ईडीले यो कदम चालेको हो।

Shikhar
Nepal Life
NIMB

लुक आउट नोटिस जारीसँगै भारतभरका अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी कार्यालयहरू र सीमा नाकाहरूमा सर्तकता अपनाइएको छ। कुनै अभियुक्त विदेश भाग्न सक्ने सम्भावना देखिएमा सम्बन्धित निकायले यस्ता सूचना जारी गर्ने प्रचलन छ।

रिलायन्स ग्रुपका अध्यक्ष तथा भारतका धनी उद्योगपति मुकेश अम्बानीका भाई अनिल अम्बानीमाथि ३० अर्ब भारतीय रुपैयाँ बराबरको अपचलन (मिस युज) सम्बन्धी उजुरी परेपछि ईडीले छानबिन थालेको थियो। अनुसन्धानका क्रममा अम्बानीका विभिन्न कम्पनी र फर्महरूमा छापा मारिएको थियो। मंगलबार उनलाई बयानका लागि बोलाइएको थियो।

बिहान ११ बजेदेखि राति ९ बजेसम्म १० घण्टा लामो बयानपछि ईडीले तुरुन्तै लुक आउट नोटिस जारी गरेको हो। भारतीय सञ्चारमाध्यमहरूले ईडी अम्बानीको बयानबाट सन्तुष्ट नभएको र उनी पक्राउबाट जोगिन विदेश भाग्न सक्ने आशंका गरिएको बताएका छन्।

उक्त मुद्दा हाल भारतीय व्यापार र राजनीति क्षेत्रमा चासोको विषय बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया