Nepal Life

समता घरेलु लघुवित्तको आम्दानी र नाफा आकाशिँदै, चौथो त्रैमासमा २४०% नाफा वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Aug 07 15:46
समता घरेलु लघुवित्तको आम्दानी र नाफा आकाशिँदै, चौथो त्रैमासमा २४०% नाफा वृद्धि
United Ajod

काठमाडौं।   समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको असिटेड वित्तीय विवरण प्रकाशित गर्दै प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सो अवधिमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान त्रैमासको २ करोड ४९ लाखको नाफाको तुलनामा २४०.९१ प्रतिशतले बढी हो। यो वृद्धिको प्रमुख कारण ब्याज आम्दानीको वृद्धि, सम्पत्ति गुणस्तरमा सुधार र खर्चको कुशल व्यवस्थापन रहेको कम्पनीले जनाएको छ।

ब्याज आम्दानी र कर्जा प्रवाहमा उल्लेखनीय वृद्धि

कम्पनीको शुद्ध ब्याज आम्दानी ७३.७५ प्रतिशतले वृद्धि भई १९ करोड ४४ लाखबाट बढेर ३३ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कर्जा प्रवाह २८.७४ प्रतिशतले बढ्दै ५ अर्ब ४९ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २६ करोड थियो।

उधारो लिएको रकम ४५.१८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड पुगेको छ भने निक्षेप संकलन १७ प्रतिशतले बढ्दै १ अर्ब ६० करोड पुगेको छ। यसले कम्पनीको तरलता र ग्राहक विश्वासमा मजबुती देखाउँछ।

वित्तीय सूचकहरूमा मजबुती

  • प्रति शेयर आम्दानी (EPS): रू. ४.४२ बाट बढेर रू. १३.५१

  • प्रति शेयर नेटवर्थ: रू. १३०.६९ बाट बढेर रू. १३५.३७

  • नन–परफर्मिङ लोन (NPL): १०.४८% बाट घटेर ६.८७%

  • इम्पेयरमेन्ट खर्च: ७०.२३% घटेर ५० लाख ६३ हजार

  • कोषको लागत (Cost of Fund): ९.२६% बाट घटेर ७.०५%

  • पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio): १५.१८% बाट घटेर १४.०५%

पूँजी र सञ्चित लाभांशमा पनि सुधार

कम्पनीको चुक्तापुँजी ११.५३ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ। सञ्चित मुनाफा २ गुणाभन्दा बढीले बढेर ६ करोड ८६ लाख पुगेको छ भने जगेडा तथा सञ्चित कोष ८.९१ प्रतिशतले बढेर १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

चौथो त्रैमासको अन्त्यसम्म समता लघुवित्तको शेयरको बजार मूल्य रू. ९४५.७८ रहेको छ भने मूल्य–आर्जन (P/E) अनुपात ७० रहेको छ।

समग्रमा कम्पनीले उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै लगानीकर्ताको भरोसा बढाएको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया