Nepal Life

सामलिङ पावरको विद्युत बिक्री आम्दानी घट्दा पनि नाफामा सुधार

NMB Bank
  • BFIS News
  • 2025 Aug 08 11:44
सामलिङ पावरको विद्युत बिक्री आम्दानी घट्दा पनि नाफामा सुधार
United Ajod

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेड (SPC) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा घटेपनि नाफामा सुधार भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले समीक्षा अवधिमा २२ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २५ करोड १८ लाख रुपैयाँ आम्दानीभन्दा १०.३० प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा २ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८८ लाख रुपैयाँ नाफामा पुगेको छ। विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च कम भएका कारण नाफामा सुधार आएको कम्पनीले जनाएको छ।

५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३ करोड ९२ लाख रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८४ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया