Nepal Life

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको माग, महासंघ अध्यक्ष ढकालको प्राथमिकतामा

NMB Bank
  • BFIS News
  • 2025 Aug 11 07:41
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको माग, महासंघ अध्यक्ष ढकालको प्राथमिकतामा
United Ajod

काठमाडौं।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा महासंघको सहकार्यमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनका अनुसार सिधा उडान सञ्चालन गर्न सके पर्यटन, कृषि लगायतका क्षेत्रमा सम्भावनायुक्त नेपालगन्ज तथा आसपासका क्षेत्रको समग्र विकासमा टेवा पुग्नेछ।

‘नेपालगन्ज पर्यटन र कृषि क्षेत्रमा पर्याप्त सम्भावना भएको क्षेत्र हो। सिधा उडानले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ,’ ढकालले भने, ‘यस पहल र प्रयासप्रति महासंघ ऐक्यबद्ध छ।’

उनले नेपालगन्ज–दिल्ली सिधा उडान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको उल्लेख गर्दै, प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा यस एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघले आग्रह गर्ने बताए।

ढकालले सबैको साझा प्रयासले यो सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै, पर्यटन पूर्वाधारमा राज्यको ठूलो लगानी भइसकेकाले निर्माण भएका विमानस्थलहरूको प्रभावकारी सञ्चालन अनिवार्य रहेको धारणा राखे।

देशको आर्थिक विकासमा निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै उनले ‘देशमा नै केही गर्न सकिन्छ’ भन्ने मनोविज्ञानका साथ काम गरेमा प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया