Nepal Life

खर्च नियन्त्रणले शिवम् सिमेन्ट्सको नाफा २०५% बढ्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५५ पैसामा

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:01
खर्च नियन्त्रणले शिवम् सिमेन्ट्सको नाफा २०५% बढ्यो, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५५ पैसामा
United Ajod

काठमाडौं।  शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

वित्तीय विवरण अनुसार, कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २५ करोड ९६ लाख रुपैयाँको तुलनामा २०५.८५ प्रतिशत बढी हो। कम्पनीले नाफा वृद्धिको प्रमुख कारण खर्च नियन्त्रण रहेको स्पष्ट पारेको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ०.७८ प्रतिशत मात्र बढेको भए पनि बिक्री खर्च घट्दा कुल नाफा ६६.३० प्रतिशतले बढेको हो। यस अवधिमा अन्य आम्दानी ३०.७८ प्रतिशतले घटेको छ भने कुल खर्च १.६६ प्रतिशतले कम भएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) ९ रुपैयाँ ३९ पैसाले बढेर १४ रुपैयाँ ५५ पैसामा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।

५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया