Nepal Life

झापा एनर्जीको आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आज बन्द हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Aug 13 10:29
झापा एनर्जीको आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आज बन्द हुँदै
United Ajod

काठमाडौं।  झापा एनर्जी लिमिटेडले झापा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज साउन २९ गते बन्द गर्दैछ। कम्पनीले उक्त आईपीओ साउन १४ गतेदेखि खुला गरेको थियो।

Shikhar
Nepal Life
NIMB

३८ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले त्यसको २५ प्रतिशत अर्थात ९ लाख ५० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात ३ लाख ८० हजार १९० कित्ता (३ करोड ८० लाख रुपैयाँ बराबर) शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको हो। बाँकी १५ प्रतिशत अर्थात ५ लाख ७० हजार २८५ कित्ता शेयर सर्वसाधारणका लागि पछि बिक्री खुला गरिनेछ।

सर्वसाधारणको लागि छुट्याइएको भागमध्ये १० प्रतिशत अर्थात ५७ हजार २९ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसको आवेदन अवधि साउन १८ गते बन्द भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयरको आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यसअघि, आईसीआरए नेपालले झापा एनर्जी लिमिटेडको क्रेडिट रेटिङ घटाउँदै वित्तीय जोखिम उच्च भएको संकेत गरेको थियो। इश्युअर रेटिङ [ICRANP-IR] BB- बाट घटाएर [ICRANP-IR] B- मा पुर्याइएको छ, जसले समयमा वित्तीय दायित्व चुक्ता गर्न उच्च डिफल्ट जोखिम रहेको देखाउँछ। त्यस्तै, लामोम्यादको ऋण रेटिङ [ICRANP] LBB- बाट घटाएर [ICRANP] LB- गरिएको छ भने छोटोम्यादको ऋण रेटिङ [ICRANP] A4 यथावत राखिएको छ।

२०७५ असोज १६ गते स्थापना भएको कम्पनीले २०८० माघ १० गतेदेखि कोशी प्रदेशको झापा जिल्लामा १० मेगावाट क्षमताको सौर्य प्लान्ट सञ्चालनमा ल्याएको हो। करिब ८७ करोड ३० लाख रुपैयाँ लागतमा बनेको उक्त आयोजना करिब ६९ प्रतिशत ऋणमार्फत वित्तपोषित छ। हालसम्म कम्पनीको चुक्ता पूँजी करिब २८ करोड ५० लाख रुपैयाँ रहेको छ, जुन सबै प्रवर्द्धकहरूको स्वामित्वमा छ। परियोजना चालु भएपछि पहिलो छ महिनामा ७८ प्रतिशत र चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ७२ प्रतिशत मात्र सम्झौता गरिएको ऊर्जा उत्पादन भएको कम्पनीले जनाएको छ। कम्पनीले ऋण भार कम गर्न आईपीओ निष्काशन गर्ने योजना बनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया