Nepal Life

१० गुणाले बढ्यो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा

NMB Bank
  • BFIS News
  • 2025 Aug 14 11:12
१० गुणाले बढ्यो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा, प्रतिशेयर आम्दानी ५२ रुपैयाँ २३ पैसा
United Ajod

काठमाडौं ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० गुणा अर्थात ८८९.०४ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६ करोड ७८ लाख रुपैयाँ मात्र थियो।

कम्पनीको वित्तीय तथा लाभांश आम्दानी घटेपनि, लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँको नाफा भएकोले कुल नाफामा ठूलो वृद्धि भएको हो। समीक्षा अवधिमा लाभांश आम्दानी ४३.४८ प्रतिशत र वित्तीय आम्दानी १८.६५ प्रतिशतले घटेको छ।

यो अवधिमा कम्पनीको कुल आम्दानी ९०० प्रतिशतले बढेको छ भने खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा यो ४६ रुपैयाँ ६९ पैसाले बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४३.६४ गुणा रहेको छ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ७२ करोड २० लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया