Nepal Life

हाथवे इन्भेष्टमेन्टको सञ्चालन आम्दानी ४७% ले घट्यो, खुद नाफा भने अलिकति बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 15 11:47
हाथवे इन्भेष्टमेन्टको सञ्चालन आम्दानी ४७% ले घट्यो, खुद नाफा भने अलिकति बढ्यो
United Ajod

काठमाडौं ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले आ.व. २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सञ्चालन आम्दानीमा उल्लेखनीय गिरावट भए पनि खुद नाफा भने थोरै वृद्धि भएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

वित्तीय विवरण अनुसार, कम्पनीले समीक्षा अवधिमा १३ करोड ६५ लाख रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २५ करोड ९१ लाख रुपैयाँ आम्दानीको तुलनामा ४७.३१% कम हो।

सञ्चालन आम्दानी घटेपनि कम्पनीको खुद नाफा ०.३०% बढेर ६ करोड २६ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्च १४.९४% ले घट्दा नाफामा सानो वृद्धि भएको कम्पनीले जनाएको छ। यस अवधिमा कम्पनीको कुल खर्च भने ५.५७% ले बढेको छ।

नाफा बढेपनि प्रति सेयर आम्दानी (EPS) अघिल्लो वर्षको तुलनामा २२ पैसा घटेर २ रुपैयाँ २९ पैसा मा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ७५ रुपैयाँ ३८ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५३१.९२ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ ३१ करोड १२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया