Nepal Life

एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Aug 19 11:19
एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एनआई ३१’ को इकाई खरिदका लागि आवेदन दिने आज (भदौ ३ गते) अन्तिम दिन रहेको छ।

 

Shikhar
Nepal Life
NIMB

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १५ करोड रुपैयाँबराबरका १ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको हो। यसमध्ये १५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरका ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सुरक्षित गरी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि बिक्री गरिएको छ।

यस योजनामा न्यूनतम १०० इकाई र अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजनामा निष्काशन अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ७५ लाख इकाई खरिदका लागि आवेदन प्राप्त भएमा बाँडफाँट हुने कम्पनीले जनाएको छ। तर सो संख्यामा आवेदन नपुगेमा योजना खारेज गरी १५ दिनभित्र निवेदकलाई रकम फिर्ता गरिनेछ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, साथै ‘मेरो शेयर’ वेब वा एपमार्फत पनि आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ A@’ प्रदान गरेको छ भने केयर रेटिङ नेपालले योजना व्यवस्थापकलाई ‘CARENP AMC Quality 3 Plus’ रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया