Nepal Life

साउनमा २४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, एकै परियोजनाबाटै २० अर्बको लगानी

NMB Bank
  • BFIS News
  • 2025 Aug 20 21:58
साउनमा २४ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, एकै परियोजनाबाटै २० अर्बको लगानी
United Ajod

काठमाडौं, भदौ ४ गते। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालमा २४ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ।

Shikhar
Nepal Life
NIMB

उद्योग विभागका अनुसार साउन महिनामा मात्र दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो। ती परियोजनाहरूबाट आठ हजार दुई सयभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ।

उल्लेखनीय रुपमा, कृषि क्षेत्रमा मात्रै तीन परियोजनाबाट २० अर्ब ४५ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ। विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका प्रमुख प्रशान्त बोहोराका अनुसार मासु उद्योगका लागि आएको ठूलो लगानीका कारण साउन महिनामा लगानीको परिमाण उच्च देखिएको हो।

सिन्धुलीमा स्थापना गर्न लागिएको भैँसीको मासु प्रशोधन फ्याक्ट्री (प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री) का लागि मात्र २० अर्ब रुपियाँ वैदेशिक लगानी स्वीकृत भएको छ। उक्त लगानी चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेडले ल्याउन लागेको हो। विभागका अनुसार यो पहिलो पटक एउटै परियोजनामार्फत यति ठूलो रकमको वैदेशिक लगानी स्वीकृत भएको हो।

त्यस्तै, पर्यटन क्षेत्रका ४१ परियोजनामा तीन अर्ब रुपियाँ, आठवटा सेवामूलक परियोजनामा ३३ करोड ५० लाख, र ७१ सूचना प्रविधिसम्बन्धी परियोजनामा ३६ करोड ५२ लाख रुपियाँ लगानीको प्रतिबद्धता आएको छ। ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमूलक क्षेत्रमा १५ करोड ५० लाख रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया