Nepal Life

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांशका लागि बुक क्लोज घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Aug 22 12:09
प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांशका लागि बुक क्लोज घोषणा
United Ajod

काठमाडौं, भदौ ६।  प्रभु क्यापिटल लिमिटेडले आफ्ना बन्दमुखी म्युचुअल फण्ड योजना प्रभु सेलेक्ट फण्ड (PSF)प्रभु स्मार्ट फण्ड (PRSF) को प्रस्तावित लाभांश वितरणका लागि बुक क्लोज मिति घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार लाभांश प्राप्त गर्न भदौ १३ गतेसम्म नामावलीमा रहेका इकाईधनी योग्य हुनेछन्। यसका लागि बुक क्लोज मिति भदौ १५ तोकिएको छ।

प्रभु क्यापिटलको सञ्चालक समितिको निर्णय अनुसार, प्रभु सेलेक्ट फण्डका इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। त्यस्तै, प्रभु स्मार्ट फण्डका इकाईधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।

प्रभु सेलेक्ट फण्ड ७ वर्षे अवधिको बन्दमुखी योजना हो भने प्रभु स्मार्ट फण्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो। यी दुवै फण्ड प्रभु बैंक लिमिटेडद्वारा प्रवर्द्धित र प्रभु क्यापिटल लिमिटेडद्वारा सञ्चालित रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया