Nepal Life

भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने, निर्यात क्षमता १०९० मेगावाटमा पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 22 12:13
भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने, निर्यात क्षमता १०९० मेगावाटमा पुग्यो
United Ajod

काठमाडौं, भदौ ६।  भारत सरकारले नेपालबाट थप ८० मेगावाट बिजुली खरिद गर्ने अनुमति प्रदान गरेको छ। यससँगै नेपालले भारतमा निर्यात गर्ने बिजुलीको परिमाण १,०९० मेगावाट पुगेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल विद्युत प्राधिकरणका अनुसार भारतले यो पटक मेगाघाट खोला जलविद्युत आयोजना (४८.५ मेगावाट) र करुवा सेती हाइड्रोपावर (३१.०४ मेगावाट) बाट उत्पादित बिजुली खरिद गर्न सहमति दिएको हो।

यसअघि नेपालले भारतमा १,०१०.९ मेगावाट बिजुली निर्यात गर्दै आएकोमा भदौ ५ गते थप ८० मेगावाट निर्यात गर्ने अनुमति प्राप्त गरेको हो। यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट बिजुली निर्यात गरिसकेको छ।

प्राधिकरणका अनुसार वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि दिइएको यो अनुमति सन् २०२५ अगस्ट २१ देखि २०२६ अक्टोबर ३१ सम्मका लागि मान्य रहनेछ।

यसअघि साउन २६ गते भारत सरकारले नेपालबाट २०० मेगावाट बिजुली आयात गर्न अनुमति दिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया