Nepal Life

नेपालमा स्थायी लेखा नम्बर लिनेको संख्या झन्डै ७० लाख पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 24 12:09
नेपालमा स्थायी लेखा नम्बर लिनेको संख्या झन्डै ७० लाख पुग्यो
United Ajod

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (PAN) लिने करदाताको संख्या झन्डै ७० लाख पुगेको छ।

Shikhar
Nepal Life
NIMB

अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र ७ लाख ७३ हजार २१७ नयाँ करदाता थपिँदा स्थायी लेखा नम्बर लिनेहरूको संख्या असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बी–PAN), स्थायी लेखा नम्बर (डब्ल्यु–PAN) र व्यक्तिगत स्थायी लेखा नम्बर (पी–PAN) लिनेहरूको संख्या निरन्तर बढ्दै गएको छ। एक वर्षमा मात्र बी–PAN लिने करदाता २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेका छन्। त्यस्तै, डब्ल्यु–PAN लिने संख्या २ हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ। व्यक्तिगत स्थायी लेखा नम्बर (पी–PAN) भने ६ लाख ५४ हजार १८ ले वृद्धि भई ४९ लाख २ हजार ७२२ पुगेको तथ्यांकले देखाएको छ।

गत आर्थिक वर्षसम्म मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता हुने करदाताको संख्या ३ लाख ५१ हजार ७३५ पुगेको छ भने अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार ९९७ पुगेको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ नीति ल्याएपछि व्यक्तिगत PAN लिनेको संख्या तीव्र गतिमा बढेको हो। तर, कोभिड–१९ को प्रभावका कारण केही समय यसको संख्या घटेको थियो।

हाल व्यक्तिगत स्थायी लेखा नम्बरलाई सरकारले करदाताको पहिचानको मुख्य आधार बनाएको छ। आयकर दाखिला, कर विवरण (रिटर्न) फाइल गर्ने लगायत कर सम्बन्धी सम्पूर्ण कार्यका लागि यसलाई अनिवार्य गरिएको छ। साथै, बैंक खाता खोल्न, ठूलो रकमको कारोबार गर्न, ऋण लिन, क्रेडिट कार्ड बनाउन, शेयर बजारमा लगानी, म्युचुअल फन्ड, सम्पत्ति खरिद–विक्री तथा निश्चित सीमा भन्दा माथिको लेनदेनमा समेत स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ।

आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमार्फत यो नम्बर निःशुल्क उपलब्ध गराइन्छ। कर अधिकारीहरूका अनुसार स्थायी लेखा नम्बरले व्यक्तिको आर्थिक गतिविधिलाई कानूनी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया