Nepal Life

तयारी पोसाक उद्योग संघद्वारा उद्योगमन्त्री सँग छलफल, निर्यात बढाउन सुझाव

NMB Bank
  • BFIS News
  • 2025 Aug 26 15:37
तयारी पोसाक उद्योग संघद्वारा उद्योगमन्त्री सँग छलफल, निर्यात बढाउन सुझाव
United Ajod

काठमाडौं। तयारी पोसाक उद्योग संघले उद्योऊ, बाणिज्य तथा आपुर्ती मन्त्री सँग समसामयिक विषयमा छलफल गरेको छ। यहि शनिवार भदौ ७ गते संघको सचिवालयमा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञावालीको विशेष उपस्थिति रहेको थियो।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा बस्तुगत संघका अध्यक्षहरू, तयारी पोसाक उद्योग संघका सम्पूर्ण सदस्यहरू समेत सहभागी भएका थिए। संघले अतिथिज्युहरूलाई विशेष स्वागत सत्कार गर्दै उद्योग क्षेत्रका विविध पक्षमा गहन छलफलको आयोजना गरेको थियो।

छलफलका क्रममा मन्त्री भण्डारीले तयारी पोसाक सहित अन्य निर्यातजन्य वस्तुहरूको उत्पादन तथा निर्यात प्रवर्द्धनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण रहेको बताउँदै, यस्ता उद्योगहरू देशको आर्थिक विकास, रोजगारी सृजना, आयात प्रतिस्थापन तथा निर्यात वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा व्यक्त गरे।

उहाँले तयारी पोसाक उत्पादन तथा निर्यात वृद्धिको लागि सरकारको दृढ संकल्प, स्पष्ट योजना, दूरदर्शी सोच र राजनीतिक इच्छाशक्ति रहेको जनाउँदै संघलाई अझ बढी जिम्मेवारीका साथ अगाडि बढ्न प्रेरित गरे। मन्त्रीको स्पष्ट दिशानिर्देशनले उद्योग क्षेत्रलाई थप उर्जा, प्रेरणा, साहस र हौसला प्रदान गरेको संघका प्रतिनिधिहरूले बताएका छन्।

संघका अनुसार यस्तो किसिमको उच्चस्तरीय छलफलले नीतिगत मार्गदर्शन मात्र होइन, व्यावसायिक वातावरण सुधार तथा रणनीतिक साझेदारीका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया