Nepal Life

बाढी र पहिरोका कारण नौ सडकखण्ड पूर्ण अवरुद्ध

NMB Bank
  • BFIS News
  • 2025 Aug 28 14:09
बाढी र पहिरोका कारण नौ सडकखण्ड पूर्ण अवरुद्ध
United Ajod

काठमाडौं।  अविरल वर्षासँगै देशभरका नौ सडकखण्डमा आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ। सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार बाढी र पहिरोका कारण नौ सडकखण्डमा यातायात सञ्चालन हुन नसकेको हो।

Shikhar
Nepal Life
NIMB

विभागका अनुसार हाल ३७१ सडकखण्डमध्ये २११ पूर्ण रूपमा खुला छन् भने १५१ सडकखण्डमा एकतर्फी मात्र आवतजावत सम्भव भएको छ। विभागका सूचना अधिकारी अमितकुमार शर्माले बाढी, पहिरो, डुबान, पुल बगाउनु, निर्माण तथा मर्मतकार्यलगायत कारणले सडक प्रभावित भएको जानकारी दिए। उनका अनुसार कतिपय ठाउँमा अझैसम्म सडक सुचारु गर्न सकिएको छैन भने कतिपय क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

यसैबीच, असार २४ गते चीनतर्फको हिमताल फुटेर आएको बाढीका कारण अवरुद्ध भएको गल्छी–त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझै सञ्चालनमा आएको छैन। त्यस्तै, हुम्लाको पैमा नदीमा पानीको बहाव बढेका कारण कर्णाली करिडोरको दक्षिण खण्ड पूर्ण अवरुद्ध छ। उत्तर–दक्षिण कोशी राजमार्ग पनि पानीको उच्च बहाव र पुल निर्माणकार्यका कारण अवरुद्ध रहेको विभागले जनाएको छ।

साउन ६ गते बाढीले बेलिब्रिज बगाएपछि तमोर करिडोर अन्तर्गत चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। यस्तै, तातोपानी–टिमुरे हुँदै ठोरी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध छ।

पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड तथा रोल्पाको सहिद राजमार्ग पनि लेदो पहिरोका कारण पूर्ण अवरुद्ध भएका छन्। यसैगरी, दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्डमा भने लगातार सुख्खा पहिरो खस्ने गरेकाले राति बन्द रहने र दिउँसो मात्र सञ्चालन हुने गरिएको विभागले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया