Nepal Life

अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६१० पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Sep 01 16:42
अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६१० पुग्यो
United Ajod

काबुल । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ। अफगान गृहमन्त्रालयका अनुसार भूकम्पमा परी १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

आइतबार राति ११:४७ बजे नान्गारहार र कुनार प्रान्त केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर मापन गरिएको थियो। मुख्य धक्कापछि कम्तीमा तीन पटक पराकम्पन महसुस गरिएको थियो, जसको तीव्रता ४.५ देखि ५.२ मापन गरिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म अनुभव गरिएको थियो।

भूकम्पबाट सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको जनाइएको छ, जहाँको करिब ९० प्रतिशत भूभाग पहाडी छ। प्रभावित क्षेत्रमा जाने सडकहरू साँघुरा रहेका कारण उद्धार कार्यमा थप समस्या भइरहेको छ। धेरै सडक पहिरोका कारण अवरुद्ध भएका छन्।

तालिबान अधिकारीहरूले आफ्नो स्रोतसाधन सीमित रहेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा हेलिकप्टर र अन्य सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया