Nepal Life

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 11:41
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित
United Ajod

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन्।

Shikhar
Nepal Life
NIMB

छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका हुन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा गर्विलो व्यवसाय बृद्धि गरी नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेकाहुन्। एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ । नेपाल लगायत एसियाका विभिन्न देशका आफ्नो पेशा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया