Nepal Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६.३१५८ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीलाई एक अर्ब २६ करोड वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 05 12:03
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६.३१५८ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीलाई एक अर्ब २६ करोड वितरण गर्ने
United Ajod

काठमाडौं, भदौ २० । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा पारित गरिनेछ। सभाबाट अनुमोदन भएपछि तोकिएको दरमा शेयरधनीहरूलाई नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रहेको छ। शेयरधनीले एक अर्ब ३६ करोड रुपैयाँ लाभांश पाउने छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया