Nepal Life

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकालको जोड  

NMB Bank
  • BFIS News
  • 2025 Sep 05 23:11
पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकालको जोड  
United Ajod

काठमाडौं, भाद्र २०। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन्। लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताए। 

Shikhar
Nepal Life
NIMB

हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर्ड उडानको योजना बनाएको सन्दर्भमा यसलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने उनको धारणा थियो ।

पोखरा प्राकृतिक सौन्दर्यसँगै आर्थिक समृद्धिको विशाल सम्भावना बोकेको प्रदेश रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य र शिक्षालाई लगानी र उद्यमशीलताका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेर अघि बढनु पर्ने बताए। 

करिब तीन दशकदेखि स्थानीय व्यवसायको संरक्षण, प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा संघको योगदानको प्रशंसा गर्दै अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायिक नीति निर्माण, साना तथा मझौला उद्यमको प्रोत्साहन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे। कृषि क्षेत्रमा पोखराको उर्वर भूमि र अनुकूल जलवायुले धान, मकै, तरकारी र फलफूल उत्पादनमा ठूलो सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले स्थानीय जैविक उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा जोड दिए।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया