Nepal Life

कनेक्टआइपीएसमार्फत चाडपर्व लक्षित "शुभ लाभ अफर" सार्वजनिक, फ्लाइट तथा बस टिकटमा आकर्षक क्यासब्याक र छुट

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 17:39
कनेक्टआइपीएसमार्फत चाडपर्व लक्षित "शुभ लाभ अफर" सार्वजनिक, फ्लाइट तथा बस टिकटमा आकर्षक क्यासब्याक र छुट
United Ajod

काठमाडौं, भदौ २२ – यस चाडपर्वको अवसरमा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै connectIPS ले "शुभ लाभ अफर" सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत यात्रुहरूले connectIPS मार्फत फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा विभिन्न क्यासब्याक र छुट पाउने भएका छन्। अफर भदौ २२ गतेदेखि असोज १८ गतेसम्म लागू हुनेछ।

Shikhar
Nepal Life
NIMB

अफर अनुसार बुद्ध एयरको टिकट connectIPS बाट खरिद गर्दा यात्रुहरूले रु १०१ क्यासब्याक प्राप्त गर्न सक्छन्। साथै, ५ जना लक्की जोडीलाई माउन्टेन फ्लाइट जित्ने अवसर पनि प्रदान गरिएको छ। श्री एयरलाइन्सको टिकट भुक्तानीमा रु ५०१ क्यासब्याक प्राप्त हुनेछ।

यति एयरलाइन्सको टिकटमा YTCIPS300 प्रोमो कोड प्रयोग गरेमा रु ३०० सम्म छुट प्राप्त हुनेछ। साथै, १० जना लक्की जोडीलाई पनि माउन्टेन फ्लाइट जित्ने मौका दिइएको छ।

बस सेवा (Travel & Tour) को टिकट connectIPS बाट भुक्तानी गर्ने पहिला १००० ग्राहकहरूलाई रु ५१ क्यासब्याक दिइनेछ। तर, क्यासब्याक अफर प्रति बैंक खातामा एकपटक मात्र उपलब्ध हुनेछ।

connectIPS नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त एकीकृत भुक्तानी प्रणाली हो जसले बैंक खाताबाट सिधा फन्ड ट्रान्सफर तथा विभिन्न बिल भुक्तानी गर्न सहज बनाएको छ। हाल connectIPS सञ्जालमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्।

यस अफरबाट यात्रुहरूले किफायती दरमा यात्रा गर्ने मात्र नभई, चाडपर्वको समयलाई थप उत्साहजनक बनाउन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया