Nepal Life

भीआइपी क्षेत्रमा कर्फ्यु, राष्ट्रपति र प्रधानमन्त्री निवास पनि प्रभावित

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:32
भीआइपी क्षेत्रमा कर्फ्यु, राष्ट्रपति र प्रधानमन्त्री निवास पनि प्रभावित
United Ajod

काठमाडौं।  ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका भीआइपी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

प्रशासनको दोस्रो कर्फ्यु आदेशअनुसार राष्ट्रपति कार्यालय शितल निवास चोक, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सिंहदरबार क्षेत्र तथा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र आसपासमा दिउँसो १ बजेदेखि कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिभर राति १० बजेसम्म ती क्षेत्रमा भेला, जुलुस, बैठक तथा कार्यक्रम गर्न पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया