Nepal Life

एक जनाको मृत्यु पश्चात् झनै उग्र जेनजी आन्दोलन, सेना परिचालन

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:38
एक जनाको मृत्यु पश्चात् झनै उग्र जेनजी आन्दोलन, सेना परिचालन
United Ajod

काठमाडौं। प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि राजधानी नयाँबानेश्वर क्षेत्रको अवस्था झनै तनावपूर्ण बनेको छ।

Shikhar
Nepal Life
NIMB

सरकारले भीआइपी क्षेत्रसहित बानेश्वर आसपासमा कर्फ्यु आदेश जारी गरे पनि ‘जेनजी’ आन्दोलनकारीले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्। प्रदर्शनकारीहरूले प्रहरीको घेरा र कर्फ्यु क्षेत्र तोडेर सडकमा उत्रिँदा स्थिति थप उग्र बनेको हो।

बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन तीव्र बनेपछि प्रदर्शनकारीले भवनको पर्खाल भत्काएका छन्। साथै, संसद परिसर र यातायात व्यवस्था विभाग परिसरमा आगजनीसमेत भएको छ।

प्रहरीले आन्दोलन नियन्त्रणमा लिन नसकेपछि स्थिति व्यवस्थापनका लागि सेना परिचालन गरिएको सरकारी स्रोतले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया