Nepal Life

जेनजी आन्दोलन हिंसात्मक, दुई जनाको मृत्यु, कर्फ्यू जारी

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 14:51
जेनजी आन्दोलन हिंसात्मक, दुई जनाको मृत्यु, कर्फ्यू जारी
United Ajod

काठमाडौं, भदौ २३।  सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु गरिएको ‘जेनजी’ युवाहरूको आन्दोलन हिंसात्मक बन्दै गएको छ। अहिलेसम्म कम्तीमा दुई जनाको ज्यान गइसकेको छ।

Shikhar
Nepal Life
NIMB

प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको राजधानीको निजामती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सो अस्पतालमा हाल करिब एक सयभन्दा बढी घाइतेको उपचार भइरहेको छ भने वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइते उपचाररत छन्। केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।

प्रहरीको गोलीप्रयोग र बलपूर्वक नियन्त्रण प्रयासपछि आन्दोलन उग्र बन्दै गएका प्रदर्शनकारीहरूले नयाँबानेश्वर क्षेत्रमा प्रतिरोध चर्काएका छन्। प्रहरीले अन्धाधुन्ध अश्रुग्यास प्रहार गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर, सिंहदरबार र राष्ट्रपति निवास आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। तर कर्फ्यू आदेशको अवज्ञा गर्दै आन्दोलकारीहरू अझै पनि प्रदर्शन जारी राखेका छन्। त्यसपछि प्रहरीले बल प्रयोगमार्फत प्रदर्शनलाई नियन्त्रणमा लिन खोजेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया