Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा मंसिर १२ र १३ गते ‘सलिको गल्फ टुर्नामेन्ट २०२५’ आयोजना हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 17:34
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा मंसिर १२ र १३ गते ‘सलिको गल्फ टुर्नामेन्ट २०२५’ आयोजना हुँदै
National Life

काठमाडौँ — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले आगामी मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, एयरपोर्ट काठमाडौँमा सलिको गल्फ टुर्नामेन्ट २०२५ आयोजना हुने जनाएको छ। कम्पनीका अनुसार, यो प्रतियोगिता विगतका वर्षझैँ यस वर्ष पनि भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

Shikhar
NIMB

टुर्नामेन्टअन्तर्गत १७ विधाका खेल प्रतियोगिताहरू सञ्चालन हुनेछन्। विभिन्न उमेर समूहका महिला र पुरुष खेलाडीले अलग–अलग विधामा प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार, गल्फ खेलप्रति रुचि राख्ने खेलाडीहरूलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउनु र सर्वसाधारणलाई गल्फको आनन्द जवाफदेही ढङ्गले अनुभूत गराउनु प्रतियोगिताको मुख्य उद्देश्य हो।

यद्यपि गल्फ विश्वका लोकप्रिय खेलमध्ये एक हो, तर नेपालमा यसको विकास र विस्तार अपेक्षित गतिमा अगाडि बढ्न सकेको छैन। यस्तो पृष्ठभूमिमा सलिकोद्वारा आयोजना हुने यो प्रतियोगिताले गल्फ खेलको विस्तार र लोकप्रियता वृद्धि गर्नेमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगितामा रहने पुरस्कारहरू पनि आकर्षक छन्।

  • Hole in One विधा जित्ने खेलाडीका लागि Sipradi Trading Pvt. Ltd. ले TATA Nexon K3 EV को व्यवस्था गरेको छ।

  • अन्य विधामा सिम्रिक एयर द्वारा २ जनालाई स्काइ–डाइभिङ

  • कैलाश हेलिकप्टरद्वारा १ जनालाई गोसाइँकुण्ड हेलिकप्टर यात्रा
    सहित अन्य थुप्रै आकर्षक उपहारहरू राखिएका छन्।

यस अवसरमा सलिकोले निर्जीवन बीमाको आवश्यकतामाथि विशेष जोड दिएको छ। बढ्दो जोखिम, सुरक्षा चेतना तथा जोखिम व्यवस्थापनको आवश्यकतालाई ध्यानमा राख्दै, खेलकुद गतिविधिमा संलग्न सहभागीबीच बीमा सचेतनाको विस्तार गर्नु अहिलेको आवश्यकता भएको कम्पनीले उल्लेख गरेको छ।

विगतदेखि नै खेल, समुदाय तथा आर्थिक–सामाजिक सुरक्षामा योगदान दिंदै आएको सलिकोले “बीमा: सुरक्षित भविष्यको आधार” भन्ने नारासहित नेपाली बीमा क्षेत्रमा आफ्नो भूमिकालाई सुदृढ बनाउँदै आएको छ। गल्फ प्रतियोगिताजस्ता गतिविधिमार्फत कम्पनीले बीमा सचेतना, सामुदायिक साझेदारी तथा खेलमैत्री वातावरण निर्माणमा निरन्तर योगदान प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया