NIMB Header 2
Nepal Life

नेपाल प्रहरीका जवान दिपेन्द्र सिंहले १९ औं एशियन गेम्समा बनाए विश्व रेकर्ड

National Life
  • BFIS News
  • 2023 Oct 01 14:30
नेपाल प्रहरीका जवान दिपेन्द्र सिंहले १९ औं एशियन गेम्समा बनाए विश्व रेकर्ड
Sanima Reliance

काठमाडौं । नेपाल प्रहरीका जवान दिपेन्द्र सिंह ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व रेकर्ड कायम गरेका छन् । 

Shikhar
NIMB

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भई रहेको "१९ औं एशियन गेम्स" मा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराँते, महिला फुटबल, टेबल टेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलन लगायतका खेलहरूमा सहभागी भएका कुल ४७ जना खेलाडीहरू (एक जना अफिसियल सहित) रहेको थियो ।

नेपाल प्रहरीको तर्फबाट राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरू मध्य नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका प्रहरी जवान दिपेन्द्र सिंह ऐरीले सन् २०२३ सेप्टेम्बर २७ मा भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व रेकर्ड कायम गरेको भन्दै नेपाल प्रहरीले हार्दिक बधाई सहित समस्त खेलाडीहरुलाइ शुभकामना व्यक्त गरेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया