NIMB Header 2
Nepal Life

बन्दीपुर केबलकारको घाटा घट्यो, सञ्चालन आम्दानीमा सुधार

IME LIFE
  • BFIS News
  • 2026 Feb 12 10:17
बन्दीपुर केबलकारको घाटा घट्यो, सञ्चालन आम्दानीमा सुधार
United Ajod

काठमाडौं ।  बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको घाटा घटेको देखिएको छ।

Nepal Life
NIMB

पुस मसान्तसम्म कम्पनीले ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशतले बढेको छ भने कुल आम्दानी ७८.४३ प्रतिशतले वृद्धि भएको छ। यसै अवधिमा कुल खर्च ८.१४ प्रतिशतले घटेको छ भने वित्तीय खर्च ३५.७६ प्रतिशतले कम भएको विवरणमा उल्लेख छ।

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा कायम भएको छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहेको छ। सोही अवधिसम्म रिटेन्ड अर्निङ्स २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया