वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड
- BFIS News
- 2026 Apr 18 15:15
काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीको कुल जारी पूँजी रु. १ अर्ब २० करोड रहेको छ। यसमध्ये ३५.२६ प्रतिशत अर्थात् ४२,३०,६६८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् १२,००,००० कित्ता सेयर भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। बाँकी २५.२६ प्रतिशत अर्थात् ३०,३०,६६८ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो।
सर्वसाधारणतर्फको निष्कासनमध्ये १० प्रतिशत अर्थात् ३,०३,०६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।
यस आईपीओमा कुल ७६,३८१ वटा योग्य आवेदनबाट १०,९२,३७० कित्ताको माग परेको थियो भने २१ वटा आवेदनबाट २२० कित्ता सेयर अयोग्य ठहरिएका छन्।
बाँडफाँड प्रक्रियाअनुसार ३०,३०६ जना आवेदकले समान रूपमा १० कित्ता सेयर प्राप्त गरेका छन् भने ७ जना आवेदकले थप १ कित्ता पाउँदै जम्मा ११ कित्ता सेयर पाएका छन्।
लगानीकर्ताले नतिजा सिडिएससीको आईपीओ रिजल्ट हेर्न मिल्ने साइट मेरो शेयर र प्रभु क्यापिटल मार्फत हेर्न सक्नेछन्। सार्वजनिक निष्कासनको व्यवस्थापन कार्य प्रभु क्यापिटलले गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। CARE Ratings Nepal Limited ले कम्पनीलाई ‘CARE-NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ। यस श्रेणीका संस्थाहरूलाई वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको मानिन्छ।
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड सन् २०१४ अप्रिल २३ मा निजी कम्पनीका रूपमा स्थापना भई सन् २०२१ सेप्टेम्बर २९ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको रन-अफ-द-रिभर प्रविधिमा आधारित टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया