दिपक भट्टको सञ्जालमा जोडिए पछि धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजिनामा
- BFIS News
- 2026 Apr 18 15:30
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार बसेको बोर्ड बैठकका क्रममा आफ्नो राजीनामाको जानकारी दिएका हुन्।
धितोपत्र ऐन अनुसार श्रेष्ठले अर्थमन्त्रीमार्फत नेपाल सरकारसमक्ष औपचारिक रूपमा राजीनामा पेश गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
बोर्ड बैठकमा श्रेष्ठले आफूले सरकारलाई सहयोग गर्नका लागि पद त्याग गर्ने निर्णय गरेको जानकारी अन्य सदस्यहरूलाई दिएका थिए। व्यवसायी दीपक भट्टासँग सम्बन्धित चलिरहेको सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) अनुसन्धानमा उनको नाम समेत जोडिएपछि उनीमाथि दबाब बढ्दै आएको थियो। अनुसन्धान प्रक्रियालाई सहज बनाउनका लागि सरकारले उनलाई पदबाट अलग हुन आग्रह गरेको बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया