खजुरा गोल्डकपको फाइनलमा नाइजेरियन टोली प्रवेश
- BFIS News
- 2026 Apr 18 19:25
बाँके, वैशाख ५ गते — बाँकेको खजुरामा जारी एमटि एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता को फाइनलमा विदेशी टोली जष्ट जोन एफसी नाइजेरिया प्रवेश गरेको छ।
खजुरा–४ डि गाउँस्थित मिनी रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा जष्ट जोनले फोर ब्रदर्श एफसी नवलपरासी लाई २–१ गोल अन्तरले पराजित गरेको हो।
नाइजेरियन टोलीका जर्सी नम्बर २१ का ताजुदिनले ३९औँ मिनेटमा पहिलो गोल गरेका थिए भने जर्सी नम्बर २६ का ओलाबी अफिजले ७८औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता मजबुत बनाएका थिए। फोर ब्रदर्शका अबिशेख महतोले ८३औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओलाबी अफिज ‘प्लेयर अफ द म्याच’ घोषित भए।
आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब का अध्यक्ष बालाराम खत्रीका अनुसार अब फाइनल खेल जष्ट जोन एफसी नाइजेरिया र जेबिएम लखनउबीच आइतबार हुनेछ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनमा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया