इनरुवामा मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
- BFIS News
- 2026 Apr 18 19:27
इनरुवा, वैशाख ५ गते सुनसरीको इनरुवामा तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।
डा. वसन्त स्मृति योग समिति इनरुवा–२ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गुरु बराल ले गर्नुभएको हो। उहाँले कुस्ती खेलले सुनसरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बताउँदै खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यसँगै सामाजिक सद्भाव बढाउने उल्लेख गर्नुभयो।
आयोजक समितिका संरक्षक चिनेश्वर मेहता का अनुसार पहिलो दिन १० टोलीका २० पुरुष र २ टोलीका ४ महिला खेलाडीबीच प्रतिस्पर्धा भएको छ। प्रतियोगिता मार्फत इनरुवा र सुनसरीको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा नेपाल, भुटान, श्रीलङ्का, दक्षिण अफ्रिका र भारतका गरी ४४ भन्दा बढी पुरुष तथा १० महिला खेलाडी सहभागी छन्। भारतका प्रख्यात खेलाडीहरू जाबेद गनी (काश्मीर), हरिओम बाबा (बनारस), लाडी बाबा (हरिद्वार) र बाहुबली पञ्जाब टिमसँगै नेपालका पारस थापा, वसन्त थापा, सन्दीप राना, मेवा थापा लगायत खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिता वैशाख ७ गते सोमबारसम्म सञ्चालन हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया