NIMB Header 2
Nepal Life

नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुने

NMB Bank
  • BFIS News
  • 2026 Apr 18 19:32
नेपालमा ‘कोहलपुर माइल’ दौड आयोजना हुने
United Ajod

खजुरा, वैशाख ५ गते — विश्वव्यापी रनिङ अभियानअन्तर्गत वन ग्लोबल माइल कार्यक्रमसँग जोडिएको ‘कोहलपुर माइल’ दौड नेपालमा आयोजना हुने भएको छ। उक्त दौड आगामी असार २७ गते (जुलाई ११) का दिन सञ्चालन गरिनेछ।

Shikhar
Nepal Life
NIMB

हरेक वर्ष जुलाई ११ मा हुने यस अभियानलाई “एक माइल, एक दिन, एक विश्व” नारासहित विश्वभर एकैसाथ आयोजना गरिन्छ। यस वर्ष दर्जनभन्दा बढी देशमा १.६०९ किलोमिटर (एक माइल) दूरीको दौड एकैपटक गरिनेछ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ का अनुसार नेपालमा हुने ‘कोहलपुर माइल’ दौड कोहलपुर मा आयोजना हुनेछ। डेढ किलोमिटर लामो रोड रेस भएकाले सबै उमेर समूहका सहभागीलाई सहज हुने उनले बताए।

यस कार्यक्रमको आयोजना रेस नेपाल ले गर्नेछ भने व्यवस्थापन नेपालगन्ज म्याराथन टिम ले गर्नेछ।

अमेरिकाको न्युयोर्कस्थित हडसन माइलबाट सुरु भएको यो अभियान विस्तार हुँदै वन ग्लोबल माइल बनेको हो। यसलाई अन्तर्राष्ट्रिय म्याराथन तथा दूरी दौड संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) ले आधिकारिक रूपमा प्रवर्द्धन गरेको छ।

रेस डाइरेक्टर गुरुङका अनुसार कोहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ। यस सिरिजअन्तर्गत नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौँ २५K हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन जस्ता प्रतियोगिता सञ्चालन भइरहेका छन्।

यस अभियानमा सहभागिताका लागि AIMS सँगको आबद्धता अनिवार्य हुने AIMS दूत तथा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी ले जानकारी दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया