कांग्रेस नेता मीन विश्वकर्माद्वारा एकताको आह्वान, नेतृत्व गगन थापामा केन्द्रित
- BFIS News
- 2026 Apr 18 19:37
काठमाडौँ, वैशाख ५ गते मीन विश्वकर्मा ले सर्वोच्च अदालतको पछिल्लो फैसलालाई स्वीकार गर्दै अब नेपाली कांग्रेस लाई एकताबद्ध बनाएर अघि बढाउने जिम्मेवारी सभापति गगन थापा को काँधमा आएको बताएका छन्।
शनिबार काठमाडौँको गोल्फुटारस्थित पूर्व उपसभापति पूर्णबहादुर खड्का को निवासमा आयोजित निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता थापा नेतृत्वको समूहलाई दिने फैसला गरेपछि अब पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा नयाँ नेतृत्वले विशेष पहलकदमी लिनुपर्नेछ। उनले भने, “पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ।”
विश्वकर्माले पार्टीभित्रको कानुनी विवाद अन्त्य भइसकेकाले अब सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। अदालतको फैसलाका केही प्राविधिक पक्षमा असहमति भए पनि कांग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले निर्णय स्वीकार गरिएको उनले बताए।
त्यस्तै नेता विमलेन्द्र निधि ले पनि फैसलाको पूर्ण विरोध नगरी केही बुँदामा मात्रै प्रश्न उठाएको विश्वकर्माले स्पष्ट पारे।
विशेष महाधिवेशनमार्फत आएको नेतृत्वले अब राजनीतिक जिम्मेवारी सम्हाल्दै देशभरका कार्यकर्तासँग समन्वय गरी पार्टीलाई गतिशील बनाउनु पर्ने उनको भनाइ छ। यससँगै लामो समयदेखि चल्दै आएको कांग्रेसभित्रको आन्तरिक विवाद कानुनी रूपमा टुंगिएको उनको मूल्यांकन छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया