NIMB Header 2
Nepal Life

वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध

National Life
  • BFIS News
  • 2023 Oct 13 23:12
वित्तीय सुशासन माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध
Sanima Reliance

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता गरेका छन् ।डा. महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उप प्रबन्ध निर्देशक बो लीसँग भेटवार्तामा यस्तो प्रतिबद्धता गरेका हुन् । 

Shikhar
NIMB

भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन आग्रह गरे । 

‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौं, तर सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्’ छलफलमा अर्थमन्त्री डा. महतले भने, ‘बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौं ।’ जवाफमा उपनिर्देशक बो लीले भन्नुभयो, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौं, हामीले सुधार गर भन्ने नै हो ।’

छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ ।

आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीचको छलफल सकरात्मक भएको बताइएको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भयो । छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया