NIMB Header 2
Nepal Life

माउन्ट एभरेष्ट पावरको १४.२७ लाख कित्ता आईपीओ असार ३ गतेदेखि सर्वसाधारणका लागि खुला

IME LIFE
  • BFIS News
  • 2026 Jun 04 12:31
माउन्ट एभरेष्ट पावरको १४.२७ लाख कित्ता आईपीओ असार ३ गतेदेखि सर्वसाधारणका लागि खुला
United Ajod

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यका २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता शेयर कर्मचारीहरूका लागि तथा ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइसकेको छ।

अब कम्पनीले बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याउन लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा असार ८ गते बन्द हुनेछ भने मागअनुसार पूर्ण आवेदन नपरेमा ढिलोमा असार १७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको लगानी सामान्य आधारमा ६.४० वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउण्टेड आधारमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहने प्रक्षेपण गरिएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया