NIMB Header 2
Nepal Life

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ४६ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा

IME LIFE
  • BFIS News
  • 2026 Jun 04 12:39
सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ४६ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा
United Ajod

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (जेठ २१ गते) अन्तिम दिन रहेको छ।

Nepal Life
NIMB

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई तथा २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।

हाल कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका यी शेयरको कुल मूल्य ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने छुट दर (डिस्काउन्ट) आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया