NIMB Header 2
Nepal Life

सानिगाड हाइड्रोको आईपीओमा लगानीकर्ताको अत्याधिक आकर्षण, करिब ९ गुणा बढी आवेदन

IME LIFE
  • BFIS News
  • 2026 Jun 04 22:01
सानिगाड हाइड्रोको आईपीओमा लगानीकर्ताको अत्याधिक आकर्षण, करिब ९ गुणा बढी आवेदन
United Ajod

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। कम्पनीको आईपीओमा माग भन्दा करिब ९ गुणा बढी आवेदन परेको छ।

Nepal Life
NIMB

कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार आईपीओमा कुल २ करोड ४९ लाख ५४ हजार ४३७ कित्ता शेयरका लागि आवेदन परेको छ।

अद्यावधिक विवरणअनुसार कुल २ करोड ७५ लाख २८ हजार १०० कित्ता बराबरको आवेदन प्राप्त भएको छ, जसको कुल रकम करिब २ अर्ब ७५ करोड २८ लाख १० हजार रुपैयाँ रहेको छ।

आईपीओ यहि जेठ १८ गतेदेखि खुला गरिएको थियो भने आज जेठ २१ गते बैंकिङ समयपछि बन्द भएको हो। प्राप्त आवेदनका आधारमा यो निष्काशन करिब ८.९ गुणाले बढी आवेदन परेको देखिएको छ।

अब निष्काशन तथा बिक्री प्रबन्धकले आवेदनहरूको प्रमाणीकरण प्रक्रिया पूरा गरी बाँडफाँट मिति सार्वजनिक गर्नेछ। अत्यधिक आवेदन परेकाले गोलाप्रथामार्फत ४ लाख ६७ हजार ४०० जनाले मात्रै शेयर प्राप्त गर्नेछन्। 

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ। जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूलाई तथा २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ।

कम्पनीको निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने जनाइएको छ।

सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनामा गरिएको लगानीको साधारण फिर्ता अवधि ८.२५ वर्ष रहेको छ भने छुट दर (डिस्काउन्ट) आधारमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया