प्रभु महालक्ष्मी लाइफको १८ लाख ९९ हजार संस्थापक शेयर लिलामीमा, १८ गतेसम्म गोप्य शिलबन्दी
- BFIS News
- 2026 Jun 26 18:56
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका विद्यमान संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि लिलामीमार्फत बिक्री गर्ने भएका छन्।
कम्पनीले जारी गरेको सूचनाअनुसार लिलामीमा बिक्री गरिने सम्पूर्ण १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयरमा व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा विभिन्न संस्थाहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मिति असार १२ गतेदेखि सात दिनभित्र अर्थात् असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।
बोलपत्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र प्राप्त भएका बोलपत्रमध्ये कम्पनीले उपयुक्त ठानेको उच्च मूल्य प्रस्ताव गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ।
यस लिलामीमार्फत संस्थापक शेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएकाले इच्छुक लगानीकर्ताले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन दिन कम्पनीले आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












_jEGOtGcTjV.jpg)




प्रतिक्रिया