वर्ल्डलिंक कम्युनिकेशनको एक कित्ताकै ९ हजार ३७५ रुपैयाँ, ओटिसी बजारमा १२ करोड ५५ लाखको कारोबार
- BFIS News
- 2023 Oct 31 18:25
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनको एक कित्ताकै ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । ओटीसी मार्केटमा वर्ल्डलिंकको १३ हजार ३९२ कित्ता शेयर प्रति कित्ता ९ हजार ३७५ रुपैयाँको दरले खरिद बिक्री भएको हो । उक्त शेयर गतएको साउन ७ गते कारोबार भएको नेप्सले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ओटिसि बजारमा कम्पनीको १२ करोड ५५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ । यस अवधिमा २९ वटा कारोबार हुँदा एक अर्ब ७१ करोड रुपैयाँको खरिद बिक्री भएको हो ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया