NIMB Header 2
Nepal Life

निफ्रा नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यमा आबद्ध

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Sep 02 05:48
निफ्रा नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यमा आबद्ध
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) नेपाल बैंकर्स संघको एसोसिएट सदस्यका रूपमा आबद्ध भएको छ। २०८३ भदौ १६ गतेदेखि निफ्रा संघको पहिलो एसोसिएट सदस्य बनेको हो।

Nepal Life
NIMB

निफ्राको आबद्धतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ। पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन तथा जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीलाई सामूहिक रूपमा सम्बन्धित सरोकारवालासमक्ष प्रस्तुत गर्न सदस्यताले थप आधार प्रदान गर्ने संघको विश्वास छ।

त्यस्तै, यस्ता विषयमा साझा धारणा निर्माण गर्नुका साथै आवश्यक नीतिगत सिफारिस तथा सुझाव प्रस्तुत गर्न समेत सहकार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।

निफ्रासँग रहेको पूर्वाधार वित्त तथा लगानीसम्बन्धी अनुभव र विशेषज्ञताले नेपाल बैंकर्स संघका अध्ययन, अनुसन्धान, नीति संवाद तथा ज्ञान आदान–प्रदानका गतिविधिमा समेत योगदान पुग्ने विश्वास गरिएको छ। यसबाट बैंकिङ तथा पूर्वाधार वित्त क्षेत्रबीच अनुभव र ज्ञान साझेदारीका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया